‘जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्नुपर्छ: अमिक शेरचन
लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनप्रतिनिधिले जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारको पालना गर्दै सहकार्य, सहअस्तित्वको भावनाअनुरूप अगाडि बढाएको बताउँदै संविधानको पूर्ण पालना र जनताको सेवा गर्नका लागि अनुरोध गर्नुभयो ।
प्रदेशका स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिका लागि आज कपिलवस्तुमा आयोजित बधाई तथा शुभकामना एवं शासन सञ्चालनसम्बन्धी अन्तरक्रियामा उहाँले जनताले दिएको मतको कदर गर्दै अर्को कार्यकालमा पनि जनताले फेरि निर्वाचित गराउने गरी काम गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई समन्वय गरी प्रदेशवासी जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले जनताले दिएको मतको सम्मान गर्दै आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा जनताका आधारभूत आवश्यकताअनुसार प्राथमिकताका योजना निर्माण गरेर बजेट प्रदान गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले जनताको प्रतिनिधिले सधैँ जनताप्रति उत्तरदायित्वलाई पूरा गर्नका लागि अगाडि बढ्न अनुरोध गर्नुभयो ।
अन्तरक्रियामा सङ्घीयताका विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकाले सङ्घीयतालाई बलियो बनाउनेतिर लाग्नुपर्ने बताउनुभयो ।
नेपाल सरकारका पूर्वप्रमुख सचिव लीलामणि पौडेलले सङ्घीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्नका लागि सबैलाई अनुरोध गर्नुभयो ।
रासस
क्याटेगोरी : समाचार
ट्याग : #अमिक शेरचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्