कलाकारलाई विदेश जाँदा विमास्थलमा भिआइपी कक्ष उपलब्ध गराउन पहल गर्नेछु: पर्यटन मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
आज नेपाल चलचित्र सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा उहाँले चलचित्रकर्मी देशलाई चिनाउने एक धरोहर भएकाले उनीहरुलाई परेका समस्या तथा बाधा अवरोधसहित समस्या समाधानका लागि आफू सधैँ लागि पर्ने बताउनुभयो ।
मन्त्री आलेले चलचित्रकर्मीलाई आफ्ना चलचित्र छायाङ्कन गर्नका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यकपर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कला, संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न पनि उहाँले चलचित्रकर्मीलाई आग्रह गर्नुभयो ।
चलचित्र क्षेत्रलाई डिजिटल युगमा अगाडि बढाउनमा चलचित्र सङ्घले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै मन्त्री आलेले खुलेर सङ्घको प्रशंसासमेत गर्नुभएको थियो । उहाँले छिमेकी मुलुक भारतका कलाकारलाई मन्त्रीस्तरको सम्मान दिइने गरेको र नेपालका कलाकारले विदेश जाँदा विमास्थलमा भिआइपी कक्षसमेत नपाउने गरेको गुनासो आएकाले मन्त्रालयकातर्फबाट कलाकारलाई विशिष्ठ कक्ष उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा पासका लागि पत्र लेखी पठाउनेसमेत जानकारी गराउनुभयो ।
“कोभिडका कारण चलचित्रकर्मीले विद्युत् महसुलदेखि विभिन्न समस्या भोग्नुपरेको छ, त्यो समस्या समाधानका लागि म पहल गर्नेछु”, मन्त्री आलेले भन्नुभयो, “कोभिडका कारण चलचित्रकर्मीले भोग्नुपरेका समस्या समाधानका लागि मसहित मेरो मन्त्रालय तयार छ ।”
उहाँले सुदूरपश्चिमका खप्तड, बडिकेदार, बडिमालिका, जोरायलको छहरा, छतिवनताललगायतका प्रमुख पर्यटकीय क्षेत्रमा गएर आफ्ना चलचित्र छायाङ्कन गरिदिनसमेत आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिने वरिष्ठ नायक तथा चलचित्र निर्मातालाई प्रमाणपत्रसहित सम्मानसमेत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, #प्रेमबहादुर आले, #संस्कृति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्