पोखराको विकासका लागि प्रदेश र महानगर एकाकार हुनुपर्छ: कृष्णचन्द्र नेपाली पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा शनिबार उहाँले प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरूले नै हो । पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो । सोचौँ कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ ।’ पोखराको सुन्दरता बचाइ राख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
पोखरा र गण्डकी प्रदेश हरेक सूचकाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा पछि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो ‘हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत त्यो सम्भावना पनि छ ।’
फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि इश्युका रुपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रस्ट आदेश दिइसकेको भन्नुहुँदै मुख्यमन्त्री पोखरेलले यसमा पनि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने सुझाव उहाँको छ ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, माओवादी केन्द्र अध्यक्ष बखानसिंह तमु, नेकपा एसका कावा अध्यक्ष खड्ग हमालले महानगरको नेतृत्वले पोखरेलीको सपनालाई साकार पार्न लाग्नुपर्ने धारणा राख्नुभयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २ दिनसम्म चल्ने नेतृत्व विकास तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई ५ समूहमा विभाजन गरिएको बताउनुभयो । अभिमुखीकरण मात्र नभएर अन्तरघुलनका लागि यस्ता कार्यक्रम प्रभावकारी आवश्यक रहेको उहाँको भनाइ छ । पूर्व राजदूत महेश दाहाल, अभियन्ता निपेष ढाका, रञ्जित आचार्य, रवीन कटुवाल, खीमलाल सापकोटाले तालिम प्रदान गर्नेछन् ।
उपमेयर मञ्जुदेवी गुरुङले विभेदरहित, न्यायपूर्ण, समुन्नत पोखरा बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णचन्द्र नेपाली पोखरेल, #पोखरा महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्