पौडेलको अध्यक्षमा शाही युवा शक्तीको काठमाडौ समिति गठन
शाही युवा शक्ती नेपालले काठमाडौमा आफ्नो संगठन बिस्तार गरेको छ । राजधानीको कमलादीमा भएको भेलाले भोला प्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति काठमाडै गठन भएको हो ।
काठमाडौ जिल्ला समितिको उपाध्यक्षमा बिराज न्यौपाने , सचिबमा राजा सिलवाल र सदस्यहरुमा दिनेश लामा ,बिशाल जोशी ,दिपक चौधरी , जनक न्यौपाने सुमन बस्नेत ,बिकाश के.सी , दामोदर गौतम र बिष्णु चौलागाँई रहेका छन ।
त्यस्तै सदस्यहरुमा सुवास बुढाथोकी , सन्तोष बस्नेत , बिनोद बस्नेत, दिपेन्द्र लामिछाने र श्यामकलि केसी रहेका छन् । अञ्चल प्रमुख अनिल बिष्टको अध्यक्षता एवम संगठन बिभाग प्रमुख गोबिन्द ढुङ्गानाको प्रमुख आतिथ्यमा भेला भएको हो ।
लामो समयदेखि हिन्दु राज्यको माग राख्दै आएको सो संस्थाले देशभर करिब २५ जिल्ला कमिटि निमार्ण भइसकेको सचिब राम बस्नेतले बताए ।
भेलाका प्रमुख अतिथिका रुपमा रहेका संस्थाका अध्यक्ष पशुपति खड्काले राजा र जनता मिलेर देश बचाउनु पर्ने अवस्था आएको भन्दै अबको निकास निर्मल निवास मात्रै भएको ठोकुवा गरे।
राजसंस्था अन्त्य गरिँदा मुलुक दिनप्रतिदिन संकटको भूमरीमा फस्दै गएको राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्था स्थापना नगरिएसम्म समस्याको समाधान हुन नसक्ने र अहिलेका दुई तिहाइको बाम सरकारले देश बिकाश गर्ने नसक्ने एवं गणतन्त्रका राष्ट्रपति र यो सरकार अन्तिम हुने उनको ठोकुवा थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शाही युवा शक्तीको काठमाडौ समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्