एमालेले थप्यो ११ विभाग, कुन विभागमा को ?
काठमाडौँ । नेकपा (एमाले)ले थप ११ वटा विभाग गठन गरेको छ ।
पार्टीको १० औं महाधिवेशनपछि गठन हुन बाँकी रहेका विभागहरुको गठन गर्ने क्रममा थप ११ वटा विभागको टुंगो लगाइएको हो ।
वैशाख ५ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभाग गठन गर्ने निर्णय गरेपनि सार्वजनिक गरिएको थिएन ।
पार्टी महासचिव शंकर पोखरेलले १७ जेठमा विभागमा मनोनित नेताहरुको नाम सार्वजनिक गरेका हुन् ।
एमालेमा विभागमा ३५ जनासम्म सदस्य रहने व्यवस्था भए पनि अहिले आंशकि मात्र मनोनयन गरिएको छ । सबभन्दा धेरै विदेश विभाग र सहकारी विभागमा २३/२३ जना सदस्य मनोनयन गरिएको छ ।
पार्टीका नेताहरुको रुचि तथा विज्ञताको आधारमा जिम्मेवारी दिइएको बताइएको छ ।
सार्वजनिक सूचीअनुसार कृषि तथा पशुंपक्षी विभागमा १३ जना, उद्योग वाणिज्य तथा आपूर्ती विभागमा पाँच जना,परराष्ट्र विभागमा २३ जना, शिक्षा विभागमा ११ जना,संघीय मामिला तथा प्रशासन विभागमा नौ जना, श्रम तथा रोजगार विभागमा ११ जना,उर्जा जलश्रोत तथा सिंचाइ विभागमा १३ जना मनोनयन गरिएको छ ।
यसैगरी उपभोक्ता हित संरक्षण तथा सुशासन विभागमा १७ जना,संसदीय विभागमा १३ जना, पुस्तकालय तथा अभिलेख विभागमा पाँचजनालाई मनोनयन गरिएको छ । खानेपानी तथा सरसफाई विभागमा ११ जना, अर्थ तथा योजना विभागमा आठ जना सदस्य मनोनयन गरिएको छ । प्रचार विभागमा यस अघि नै नौ जना सदस्य मनोनयन गरिएको छ । एमालेमा ३३ वटा केन्द्रीय विभाग छन् ।
हेर्नुस् सूची कुन विभागमा को-को छन् ?

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्