अभिनेता पल शाहलाई थुनामै राख्न आदेश
काठमाडौं । उच्च अदालत पोखराले नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गरेको मागलाई अदालतले अस्वीकारगरेको छ । यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।
शाह गत फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ लिल्ला अदालतले चैत ११ गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको थियो ।
१७ वर्षीया किशोरीका बुवाले म्युजिक भिडियो छायांकनका क्रममा पलले बलात्कार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि पल फागुन १५ मा आफैँ प्रहरीको सम्पर्कमा गएका थिए ।
फागुन १६ मा फेरि पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित भनिएकी किशोरीले आफूमाथि पलले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।
पलविरुद्धको उजुरीपछि सात दिन, १२ दिन, चार दिन र पाँच दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।
गएको चैत ८ गते उनीविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा अभियोगपत्र दर्ता गरेको थियो । चैत १० मा जिल्ला अदालत तनहुँले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पल शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्