सङ्घीयता कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभामा पेश
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव पेश गर्नुभएको छ ।
सांसद जितेन्द्र नारायण देव, गोपी बहादुर सार्की अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहालको समर्थनमा दर्ता भएको सङ्कल्प प्रस्तावबारे सभामा छलफल जारी छ ।
यस अघि शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाम नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरूले प्राकृतिक प्रकोपबाट वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (एमाले)का सांसद दीपा गुरुङले सडकसँग जोडिएका विद्युत्का तार हटाउन माग गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले विश्वव्यापी फैलिएको मङ्कीपक्स रोग फैलन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
एमालेका सांसद दीलकुमारी रावल थापा (पार्वती)ले महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो ।
यस्तै आजको बैठकमा सांसद देवेन्द्र दाहाल प्रस्तावक रहेको भैरव सुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखर कुमार सिंह समर्थक रहेको “खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्” भन्ने प्रस्तावमाथि पनि छलफल हुने कार्यसूची रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्