विमान दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको अन्त्येष्टि
काठमाडौँ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयर दुर्घटनामा ज्यान गुमाएका धनुषाका एकै परिवारका सात जनाको अन्तिम संस्कार गरिएको छ ।
दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।
शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो ।
शव परिवारले जिम्मा लिएसँगै स्वयम्भूमा अन्त्योष्टि गरिएको हो । अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए ।
पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम खनालले अन्तिम विदाइ गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #तारा एयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्