बजेटमा चुनाव खर्च उठाउने व्यवस्था गरियोः सांसद अधिकारी
काठमाडौँ । नेकपा (एमाले)का सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले चुनाव खर्च उठाउन बजेट वक्तव्यमार्फत व्यवस्था गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै अधिकारीले अमूक व्यक्ति र व्यापारीलाई पोस्ने गरी नीतिगत व्यवस्था गरेर बजेटको दुरुपयोग गरिएको बताए ।
‘१० करोडभन्दा बढीको बिजुली खपत दिनेलाई छुट दिनुभएको छ । अर्थमन्त्रीले कुन व्यापारीसँग कति चुनाव खर्च उठाएर यस्तो व्यवस्था राख्नुभयो । व्यक्ति पोस्ने गरी बजेटमा नीतिगत व्यवस्थाहरु गरिनु आपत्तिजनक छ’, अधिकारीले भने ।
त्यस्तै, अपार्टमेन्टमा २० प्रतिशत लगानी गर्न विदेशीलाई दिने घोषणाको पनि अधिकारीले विरोध गरे । ‘बजेटले २० प्रतिशत अपार्टमेन्ट विदेशीलाई दिने भनियो । यो कुन विदेशी कम्पनीका लागि, कहाँ राखेको पैसा, कुन व्यापारीका लागि तोकेको हो भन्ने पनि लेखेको भए हुन्थ्यो । यो कुनै अमूक व्यापारीका लागि ल्याइएको कार्यक्रम हो’, उनले भने ।
त्यस्तै, स्वास्थ्य बीमालाई पनि निजीकरण गर्न लागिएको आरोप लगाए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #खगराज अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्