अवैध चाँदीसहित एक जना पक्राउ
चितवन । अवैध चाँदीसहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट सवारी चेकिङमा खटिएको प्रहरीको टोलीले जेठ १७ गते बेलुकी पाँच बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर ११ स्थित भोजाड – पदमपुर सडकखण्डबाट अवैध चाँदी सहित राप्ती नगरपालिका ११ घर भई हाल गैडाकोट नगरपालिका ५ बस्ने २४ बर्षीया कुमार बिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बिकको साथबाट प्रहरीले बिना बिलको दुई लाख अठ्ठाइस हजार एक सय सन्तानब्बे रुपैयाँ मूल्य बराबरको १७९ तोला २८ लाल अबैध चाँदीका गरगहना, र उनी सवार प्रदेश ०३-००२ प ७०६६ नंम्बरको १५० सि.सि को पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।
उनलाई बरामद गरिएको मोटरसाइकलसहित हिजो (बुधबार) आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्