काठमाडौं महानगरले पुराना गाडीलाई नै एम्बुलेन्स बनाउने
काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘पूर्वाधार एम्बुलेन्स’ बनाउन पुरानै गाडी प्रयोग गर्ने भएको छ।
महानगरले पूर्वाधार एम्बुलेन्सको लागि नयाँ गाडी खरिद नगरी भएका पुराना गाडीलाई नै प्रयोग गर्न लागेको काठमाडौं महानगरपालिकाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख रामबहादुर थापाले जानकारी दिए।
गत सोमबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकमा महानगरले भौतिक पूर्वाधार एम्बुलेन्स एक साताभित्र सञ्चालन गर्ने निर्णय गरेको थियो।
‘महानगरको मातहतमा भएका गाडीलाई नै पूर्वाधार एम्बुलेन्स बनाउने काम भइरहेको हो,’ थापाले भने, ‘अहिले हामीले दुइटा गाडीलाई पूर्वाधार एम्बुलेन्सको रूपमा विकास गर्ने काम गरिरहेका छौं। विस्तारै अरू पनि गर्नेछौं।’
सञ्चालनमा आउने दुइटा पूर्वाधार एम्बुलेन्समा एक इन्जिनियरसहित ४ जना मजदुरहरूको टोली रहने उनले बताए।
उनका अनुसार पूर्वाधार एम्बुलेन्समा रहेका मजदुरहरूलाई दैनिक ज्यालादारीमा राखिनेछ। उनीहरूलाई सरकारी दररेटमा राखिने छ।
सोमबार बसेको बैठकको निर्णयअनुसार नै काम भइरहेको उनले बताए।
पूर्वाधार एम्बुलेन्सले महानगरभित्र कुनै पूर्वाधार बिग्रिएको खण्डमा तुरून्तै मर्मतसम्भार गर्ने बताइएको छ।
कतै बाटो खाल्डो पर्यो, ढल फुट्यो वा पूर्वाधारसम्बन्धी कुनै पनि समस्या आयो भने महानगरको कल सेन्टरमा फोन गरेपछि तुरून्तै त्यस्तो ठाउँमा प्राविधिकसहितको भौतिक पूर्वाधार एम्बुलेन्स महानगरले पठाउने छ।
महानगरले एक हप्ताभित्र कल सेन्टर पनि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्