प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आजपनि जारी
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी छ ।
बैठकमा सांसदहरुले बजेट स्वागत योग्य रहेको भन्नुहुँदै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद गगन थापाले यो बजेटले स्पष्ट र उपयुक्त गति समातेको बताउनुहुँदै बजेटले विद्युतीय चुल्होमा छुट, आयकर छुट, तलब वृद्धि, निजी क्षेत्रको विषयलाई सम्बोधन लगायतले नागरिकको आत्मविश्वास बढाएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले यो बजेट वितरणमुखी भएको र सीमाको समस्यालाई समेत सम्बोधन नगरिएको टिप्पणी गर्नुहुँदै बजेट कार्यान्वयनमा आशङ्का व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरलेले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्नुहुँदै स्वास्थ्य र शिक्षाको गुणस्तरमा सुधार गर्ने योजना स्वागयोग्य भएको बताउनुभयो ।
बैठकमा सांसदहरुले चुनाव केन्द्रित बजेट भएको र कार्यान्वयनमा चुनौती हुन सक्ने भन्दै बजेटको आकार ठुलो भएकाले स्रोत व्यवस्थापन कसरी गर्ने, स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने लगायतका विषयमा प्रश्न गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभाको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्