Techie IT
शुक्रबार, कात्तिक ७,२०८३

प्याड उत्पादक संघ द्धारा सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी


कठमाडौं। सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छूट दिने निर्णय गरेसँगै प्याड उत्पादक संघले सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धराशयी हुने भन्दै तत्काल निर्णय फिर्ता नलिए संघर्षमा जाने चेतावनी दिएको हो । नेपालमा ठूला साना गरी ३५–४० वटा उद्योगहरु सञ्चालनमा रहेका छन् । ६ अर्वको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । ६ हजार जनाले रोजगारी पाइरहेका छन् । जसमध्ये अधिकांश महिलाहरू नै रहेको संघले जनाएको छ ।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छूटको घोषणा गरेको छ । हालको १५% रहेको भन्सार महशुल अब १.५% मात्र लागू हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरिएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरियलमा लाग्ने ५४ अन्तःशुल्कबारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति जनाएको हो ।

तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नुपर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धी भई बन्द हुने ठहर संघले गरेको छ । डेढ अर्बको हालको आयात अत्यधिक बढेर पाँच वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन निजी क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सेनेटरी प्याड


तपाईको कमेन्ट लेख्नुहोस्