यात्रुवाहक बस दुर्घटनामा पाँचको मृत्यु, तेह्र जना घाइते
इस्लामावाद । दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ गइरहेको थियो । घाइते अधिकांश यात्री सिन्धका विभिन्न शहर र पूर्वी पञ्जाब प्रान्तका बासिन्दा हुन् ।
उचित मर्मतसम्भान नभएका सवारी साधनको सञ्चालन, जीर्ण सडक र सडक सुरक्षामा सावधानी नअपनाउँदा पाकिस्तानमा हरेकदिनजसो घातक सडक दुर्घटना हुने गरेका छन् । –रासस
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इस्लामावाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्