विश्व वातावरण दिवस को अवसरमा टोखा ७ मा सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न (फोटो फिचर )
काठमाण्डौं । विश्व वातावरण दिवस ५ जुन २०२२ को अवसरमा आयोजित चौथो दिनको सरसफाइ तथा सचेतना कार्यक्रम टोखा नगरपालिका वडा नं ७ मा सम्पन्न भएको छ ।
कार्यक्रमा टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारी, उप–मेयर मुरारी तामाङ, वडा नं ७ का अध्यक्ष नरोत्तम राना तथा वडा नं ७ का वडा सदस्यहरुको उपस्थीति रहेको थियो । साथै स्थानीय वासि, स्कुल, कलेज, संघसंस्था, महिला समूह, क्लब लगायत नगरवासीहरुको उल्लेख्य र सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमा आफ्नो धारण राख्दै नगर प्रमुख, प्रकाश अधिकारी ले टोखा नगरपालिकाको जनप्रतिनिधिले महिना मा २ पटक आफ्नो टोल सरसफाइ अनिर्वाय रुपमा गनुपर्ने बताए ।
त्यस्तै उप प्रमुख मुरारी तामाङ ले आफ्नै घर बाट सरसफाइ को शुरुवात गरेमा मात्र टोल र सम्पूर्ण नगर सफा हुने धारण व्यक्त गरे ।
वडा अध्यक्ष नरोत्तम रानाले सरसफाइ र वातावरण संरक्षणमा नगरवासीहरुको भुमिका जिम्मेवार रहेको धारणा राखे।
कार्यक्रममा डस्टबिन वितरण गर्दै वडा वासीहरुबाट दैनिक निस्कने फोहोरलाई स्रोतबाटै कुहिने र नकुहिने दुई भागमा छुट्याई व्यवस्थापन गरिने कार्यक्रमको शुरुवात समेत भएको थियो । उक्त कार्यक्रम टोखा ७ दाहाल गौडामा सम्पन्न भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा नगरपालिका, #नरोत्तम राना, #प्रकाश अधिकारी, #मुरारी तामाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्