डिभोर्स गरेर छुट्टिनु अघि छोरीछोरी लिएर मुस्ताङ घुम्न आएका थिए, सँधैलाई अस्ताए
काठमाडौँ । भारतबाट नेपाल घुम्न आएको एक परिवार तारा एअरको विमान दुर्घटनाको भयावह र दुःखद शिकार बन्न पुगेको छ ।
महाराष्ट्रका अशोक त्रिपाठी सम्बन्ध विच्छेदपछि अन्तिमपटक श्रीमतीसहित छोराछोरीसँग नेपाल घुम्न आएका थिए ।
नेपालस्थित भारतीय दूतावासले जनाएअनुसार ५४ वर्षीय अशोकसँगै उनकी श्रीमती ५१ वर्षकी वैभवी बाँडेकर–त्रिपाठी, छोरा २२ वर्षका धनुष त्रिपाठी र छोरी १८ वर्षिया ऋतिक त्रिपाठी पोखराबाट जोमसोम उडेका थिए ।
केही दिन नेपाल घुमेर फर्किने योजनामा रहेको यो परिवार मुस्ताङको भीरमा सँधैको लागि अस्ताएको छ ।
अलग्गै बस्दै आएका उनीहरुको सम्बन्धविच्छेद हुन लागेको र मुद्दा अदालतमा विचाराधीन रहेको बताइएको छ। अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन एक साथ बिताउन भनेको थियो । यसै क्रममा चारैजना घुमघामका लागि नेपाल आएका थिए ।
छोराछोरी वैभवीसँग बस्थे भने अशोक एक्लै । उनका काकाले पनि नेपाल आउन चाहेको बताइएको छ । तर उनले अन्तिम समयमा योजना परिवर्तन गरेका थिए ।
विमान दुर्घटनाका बारेमा जानकारी पाएपछि वैभवीका छिमेकीहरुले यो अत्यन्तै दुःखद र भावुक भएको बताएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
वैभवी मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् । छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भने छोरी ऋतिका स्कुलमा पढाइ गरिरहेकी थिइन् । अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ । परिवारका बाँकी सदस्य पुणेमा बस्छन् ।
उनीहरु मे २६ मा नेपाल आएका थिए ।
आइतबार विहान ९ः५५ मा जोमसोमका लागि पोखराबाट उडेको तारा एअरको ९एन एइटी ट्वनीअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको थियो । जसमा चालक दलका ३ जनासहित ६ विदेशी गरी २२ जना सवार थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #तारा एअर, #विमान दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्