वर्षाद्का कारण मेलम्चीको पानी बन्द
काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी वर्षाद्का कारण सुरुङमा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ ।
निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । आजदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने उहाँले बताउनुभयो ।
मेलम्चीको पानी बन्द गरिए पनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा वाग्मतीको पानी प्रशोधन गरी राजधानीवासीलाई दिइने मेलम्ची आयोजनाले जनाएको छ ।
गत वर्ष असार १ गते मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । यस वर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गरेको हो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #मेलम्ची
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्