तारा एयरको जहाज दुर्घटनामा परि गोरखाका श्रेष्ठ परिवारका चारजनाको मृत्यु
काठमाडौं। तारा एयरको विमान दुर्घटना हुँदा गोरखाका एकै परिवारका चार जनाको मृत्यु भएको छ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा सवार गोरखाका गणेशनारायण श्रेष्ठसहित उनको परिवारका चार सदस्यको मृत्यु भएको हो।
जहाजमा गोरखा सहिदलखन गाउँपालिका–५ का गणेशनारायण श्रेष्ठ दम्पतीसहित उनीहरुका दुई छोरी रहेको पुष्टि भएको छ।
५२ वर्षका श्रेष्ठसँगै, उनकी श्रीमती ४८ वर्षकी रश्मी श्रेष्ठ, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठको मृत्यु भएको हो।
अध्ययनको शिलशिलामा अमेरिका गएका छोरीहरु नेपाल आएका बेला सपरिवार मुक्तिनाथ भ्रमणमा निस्केका थिए। मुक्तिनाथ दर्शनका लागि उनीहरु पोखराबाट जोमसोमका लागि उडेका थिए।
जहाज चढ्नुअघि उनीहरुले अमेरिकामा रहेका छोरासित सम्पर्क गरेका थिए। सोही आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले बताए।
जहाज बेपत्ता भएपछि गाउँपालिकाका अध्यक्ष थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेको थिए।
आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको जहाज सोमबार बिहान मात्र दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #तारा एयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्