चौथो महिला अधिकार दिवस: महिला सहभागिता ५० प्रतिशत पुर्याउन माग
काठमाडौँ । सरकारले बलात्कारमा हद म्याद हटाउनेसम्बन्धी विधेयक तत्काल ल्याउन लागेको जनाएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हद म्याद नलाग्ने गरी कानून संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने जानकारी दिनुभयो ।
समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विगतमा भएका महिला आन्दोलनको जगबाटै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताउनुहुँदै भोलिका दिनमा ५० प्रतिशत महिला सहभागिता पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले संविधानमा समानताको हक स्थापित भए पनि अझै आमाका नामबाट नागरिकता पाउन कठिनाइ भएकाले सहज प्रबन्धका लागि सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व मन्त्रीहरू कमला पन्त, थममाया थापा, चन्दा चौधरी लगायतले शोषित, पीडित महिलाका लागि हक अधिकार व्यवहारिक रुपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसले सार्थकता पाउने बताउनुभयो ।
२०६३ साल जेठ १६ गते तत्कालीन पुनः स्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चितता लगायत महिला अधिकारका सवालमा चार बुँदे सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले २०७६ सालदेखि राष्ट्रिय महिला अधिकार दिवसका रुपमा मनाउन थालेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उमा रेग्मी, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्