Techie IT
शनिबार, जेठ १६,२०८३

विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको नामावली सार्वजनिक


काठमाडौँ । तारा एयरलाइन्सले विमान दुर्घटनामा परी निधन भएका यात्रु र चालक दलका सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

जस अनुसार पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा, वसन्त लामा, प्रकाश सुनुवार, इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजना श्रेष्ठ, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसीदेवी तामाङको विमान दुर्घटनामा परी निधन भएको हो ।

यसैगरी भारतीय नागरिक वैभवी वण्डेकर, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी र रीतिका त्रिपाठीका साथै जर्मन नागरिक उवे विल्नर र मेइक ग्रिट ग्राफको पनि दुर्घटनामा मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारा एयरलाइन्स, #विमान दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्