तारा एयर दुर्घटना: मुक्तिनाथ दर्शन गर्न गएको परिवार नै सखाप
काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना हुँदा धनुषाका एकै परिवारका ७ जनाको निधन भएको छ ।
धनुषाको मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोलेका परिवारका तीर्थ हिँडेका ७ जनाको निधन भएको हो ।
उनीहरु मुक्तिनाथको दर्शन गर्नका निम्ति आइतबार तारा एयरको ९ एइटी जहाज चढेर जोमसोमका लागि उडेका थिए ।
तर उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन् । विमानमा सवार २२ जनाकै निधन भएको छ ।
निधन हुनेमा राजनका आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, काकी तुलसा देवी, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया रहेका छन् ।
यो घटनापछि पुरै गाउँ नै शोकमा छ ।
चालक दलसहित २२ जना सवार विमान आइतबार विहान ९ः५५ मा जोमसोमका लागि उडेको थियो ।
विमान अवतरण हुन केही समय अघि सम्पर्कविहीन भएको थियो । तीनै सुरक्षा निकाय तथा स्थानीयको सक्रियतामा सोमबार विहान विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
शव संकलन गरेर पोस्टमार्टमका लागि काठमाडौँ शिक्षण अस्पताल ल्याइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विमान दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्