प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : सञ्चार मन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सिआइएन) को १३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो ।
मन्त्री कार्कीले नेपाली पत्रकारिता क्षेत्रलाई निष्पक्ष, सन्तुलित, भरपर्दो र सत्य तथ्यमा आधारित विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्दै समाज परिवर्तनको मुख्य माध्यम बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
उहाँले भन्नुभयो,“सामुदायिक एफएम रेडियोले खासगरी आधुनिक कृषि, पर्यटन र जलस्रोतलगायत स्थानीय उत्पादन र त्यसको प्रवर्द्धनलाई बढवा दिने गरी प्रसारणमा जोड दिनुपर्ने छ, त्यसका लागि सामुदायिक रेडियोलाई आन्तरिक र राष्ट्रिय एकतासाथ बलियो बनाउनुपर्छ ।” मन्त्री कार्कीले सामुदायिक एफएम रेडियोले चेतनामार्फत समाज परिवर्तनमा अतुलनीय योगदान पुर्याएकामा प्रशंसा गर्दै आगामी दिनमा समृद्ध नेपाल निर्माणका लागि अझै सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो ।
(अकोराब) का पूर्व अध्यक्ष मीनबहादुर शाहीले प्रसारण प्रणालीको सुधार हुने गरी आमसञ्चार नीति तथा ऐन/कानुन निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले विश्वसनीय पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षाविद् डा.विद्यानाथ कोइराला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा समीर कुमार अधिकारी, शिक्षा सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठा, निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेल, विश्लेषक जैनेन्द्र जीवन, सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन, प्राध्यापक ध्रुव घिमिरे र वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीलाई सम्मान गरिएको थियो ।
(अकोराब)को यस वर्षको ‘स्वयंसेवक सामुदायिक पत्रकार पुरस्कार’ ललिता हायु (रेडियो सिद्धबाबा, सिन्धुली), ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार’ महिलातर्फ शोभा हुमागाईँ (रेडियो रोशी काभ्रे), र पुरुषतर्फ भुवन रायमाझी (रेडियो मुक्तिनाथ, पाल्पा) र सोही पुरस्कार सीआइएन आन्तरिकतर्फ सुशीला श्रेष्ठलाई प्रदान गरिएको थियो ।
पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र बहादुर कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्