सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल
गण्डकी, १५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताउनुभयो ।
गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको वक्तव्यमा भनिएको छ । विसं २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले त्यसैको उपलब्धिस्वरुप अहिले मलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था कार्यान्वयनमा आएको बताउनुभयो ।
“पटक÷पटकका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको चुलीमा पुर्याउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी हो”, सन्देशमा भनिएको छ ।
भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यही वर्षभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आवधिक निर्वाचन नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उल्लेख गर्नुभएको छ ।
संविधानसभामार्फत बनेको संविधान र त्यसैमा टेकेर बनेका तीन तहका सरकारलाई अझ जनमुखी र प्रभावकारी बनाउने सबैभन्दा ठूलो शक्ति नै राजनीतिक दलहरुको प्रतिबद्धता रहेको भन्दै मुख्यमन्त्रीले “कुनै पनि व्यवस्था सफलताको सूचक नागरिक सन्तुष्टि हो ।
यस सन्दर्भमा नागरिक समाज, निजी क्षेत्र, राजनीति दलसहित सम्पूर्ण देशवासी एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।” भन्नुभएको छ ।
नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले घाइते, अपाङ्गता भएकाहरूको स्वास्थ्य लाभको कामनासहित बेपत्ता हुनेका परिवारजनमा सहानुभूति प्रकट गर्नुभएको छ । –रासस
क्याटेगोरी : समाचार
ट्याग : ##गण्डकी प्रदेश, #कृष्णचन्द्र नेपाली पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्