प्रचण्डले हर्क साम्पाङ र बालेन साहलाई दिए बधाई
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई बधाई दिएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।
उनले काठमाडौँ र धरानवासी मतदातालाई धन्यवाद समेत ज्ञापन गरे । उनले बालेन र हर्क चाँहि पूर्ण रुपमा स्तन्त्र रहेको बताए । तर अन्य स्वतन्त्र भनिएकाहरु चाँहि वास्तवमा स्वतन्त्र नभएको टिप्पणी गरेका छन् ।
प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने बताए ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारहरु निर्वाचित जित्नुले दलहरुलाई चेनौती भन्दा सच्चिन अवसर दिएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #बालेन साह, #हर्क साम्पाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्