बाम गठबन्धनको लागी अर्थमन्त्री शर्मा र एमाले नेताहरुबीच गोप्य वार्ता, सहकार्य गर्न दुवै सहमत !
काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएपछि बाम गठबन्धनको कुरा उठिरहेको छ ।
एमाले, एमालेबाट विभाजन भएको नेकपा एस र नेकपा माओवादी केन्द्रकाबीचमा गठबन्धन होस भन्ने कुरा चलिरहेको छ । तर प्रचण्डले शनिवार संसदबाट अहिलेकै गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरेका छन् ।
स्थानीय चुनावपछि संघ र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिल्न सक्ने चर्चा भइरहेको हो थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वाम गठबन्धन असंभव रहेको सन्देश दिए । सत्ता गठबन्धन कमजोर बनेमा मुलुक दुर्घटनामा जाने बताउँदै उनले आगामी निर्वाचनमा पनि यसलाई कायमै राख्ने संकेत गरे ।
संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै प्रचण्डले एमालेसँग सहकार्यको निम्ति आफू सकरात्मक रहेको भए पनि त्यस पार्टीका अध्यक्ष ओलीको दम्भी र निषेधात्मक प्रवृत्तिका कारण एमालेसँगको गठबन्धन असंभव रहेको बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले आत्मालोचनाको साटो अहंकार प्रस्तुत गरेको भन्दै प्रचण्डले एमालेमा ओलीको नेतृत्व रहुन्जेलसम्म सहकार्य संभव नदेखिएको बताए ।
अहिलेको परिणामले कम्तीमा नेकपा एमाले र नेकपा एस मिल्नपर्ने संकेत गरेका छन् ।
एमाले नेताहरुले नेकपा एसमा रहेका नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् । उता एमालेका नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, गणेश पहाडी लगायतको एउटा टिमले अर्थमन्त्री जनार्दन शर्मासँग पटक पटक गठबन्धन गर्ने र आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल गरेको स्रोतको दावी छ । ‘
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक सहितको टोलिले अर्थमन्त्री जनार्दन शर्मासँग गोप्य रुपमा भेट गरेको छ’, स्रोतले भन्यो । उनीहरुले मन्त्रीकै कार्यकक्षमा भेटघाट गरेको र कुराकानीको क्रममा उनीहरुले बामगठबन्धन अघि बढाउने विषयमा कुरा गर्दा शर्माले तत्कालै प्रचण्ड र केपी ओली सहमत हुन नसक्ने बताएका थिए ।
दोस्रो पुस्ताका नेताहरु सहमत हुँदै गर्दा शीर्ष नेताहरुलाई दबाब पर्ने भएकाले भेटघाटलाई बाक्लो बनाउनु पर्ने र सहकार्यका खाका समेत बनाउनु पर्नेमा शर्मा सहमत भएको स्रोतको दावी छ ।
२०७४ सालमा एमाले र माओवादी गठबन्धनका प्रमुख सुत्रधार रहेका शर्मा र एमाले नेताहरुको भेटघाटलाई राजनीतिकवृत्तमा अर्थपूर्ण मानिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बाम गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्