गगन थापालाई शान्ता चौधरीको प्रश्नः गठबन्धन मोहले मानवता हराएको हो ?
काठमाडौँ । नेकपा एमालेकी सांसद तथा सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मानवता हराएको हो भनी प्रश्न गरेकी छन् ।
शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे कांग्रेसका महामन्त्री गगन थापाले गरेको टिप्पणीको खण्डन गर्दै चौधरीले थापा पनि गठबन्धनको मोहमा फँसेर मानवता हराएको बताएकी छन् ।
शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताएका थिए ।
थापाले भनेका थिए, ‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’
बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा ओलीले स्वास्थ्यका कारण रोष्ट्रममै कुर्सी मगाएर बसेका थिए ।
बसेर धारणा राखेकोप्रति कांग्रेस महामन्त्री थापाले टिप्पणी गरेकोमा चौधरीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै प्रश्न गरेकी हुन् ।
‘‘तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #शान्ता चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्