बागमती प्रदेश: विनियोजन विधेयकमाथि छलफल जारी
मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा बैठक आज पनि जारी रहेको छ ।
प्रदेश सभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा हिजो प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले पेश गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ ।
बैठकमा प्रदेश सभाका सदस्यहरु बजेटको सिद्धान्त र प्राथमिकता छलफल भन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोपमा व्यस्त छन् । असारमा ल्याउने बजेट सरकारले कस्तो ल्याउनुपर्छ कस्ता विषयलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा भन्दा पनि अन्य विषयमा छलफल केन्द्रित छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलले हालै सम्पन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ऐन विपरीत बाडेको आरोप लगाउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उद्देश्य सत्ता हत्याउन नभई प्राप्त उपलब्धि जोगाउनु रहेको बताउनुभयो ।
यस्तै बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले ‘कमरेड’ शब्द बदनाम हुँदै गएको बताउनुभएको छ ।
प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाइट बालेर खोज्नुपर्ने अवस्था आएको भन्दै टिप्पणी गर्नुभयो । उहाँले जनताले सरकारको महशुस समेत गर्न नसकेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्