सुध्रिएन बेनी–भकुण्डे सडकको अवस्था
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ‘ग्रेड’ नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल हुने स्थानीयको गुनासो छ । यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दिएको छ ।
यो सडक मर्मत गर्न अहिलेसम्म करिब रु एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने खराब हुँदै गइरहेको स्थानीयको गुनासो छ । यहाँ अहिलेसम्म ट्र्याक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स–साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका २ ज्यामरुककोटका यामबहादुर थापाले बताउनुभयो ।
“साना सवारीसाधन वर्षका चार महिनामात्र मुस्किलले सञ्चालन हुन्छन्, यो सडकबाट न कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक”, थापाले भन्नुभयो, “मर्मत र स्तरोन्नतिका लागि एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेपनि अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन ।”
उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीयवासीको भनाइ रहेको छ ।
निवर्तमान वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो ।
सडकको स्तरोन्नतिलाई ठूलै बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने बेनी नगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #बेनी नगरपालिका, #बेनी–भकुण्डे सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्