नीति तथा कार्यक्रममाथिको छलफल आज तेस्रो दिन पनि जारी
काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज तेस्रो दिन पनि जारी रहेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता विष्णु पौडेलले विकास आयोजनाहरूमा सरकारको नीति तथा कार्यक्रम पूर्वाग्रही भएको टिप्पणी गर्नुभयो ।
बैठकमा सत्तापक्षका सांसद एवं नेपाली कांगेसका नेता गगनकुमार थापाले कृषिमा उत्पादकत्व बढ्ने गरी सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको र सोही अनुसारको बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र र राजनीतिमा देखा परेका समस्याहरू समाधान गर्न पुनः एकपटक राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले यो संविधान मिच्न चाहनेहरूलाई निर्वाचनले बलियो सन्देश दिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्