पोखराका मेयर आचार्यलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण
काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आचार्यले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आयोगको बदनियतका निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भन्ने अभिव्यक्ति दिएपछि आयोगले मेयर आर्चायलाई स्पष्टीकरण सोधेको हो ।
उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।
यस्तै मेयर आर्चायलाई आयोगले राजनीतिक दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन देखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा बमोजिमको मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ?
निर्वाचन आयोगबाट विज्ञ टोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दुराग्रह आक्षेप लगाउन मिल्छ, मिल्दैन ?
महानगरपालिकाको प्रमुख पदमा निर्वाचित व्यक्तिसँगकानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याई गर्ने आधार, प्रमाण र कारण के छ ? भन्दै प्रष्ट पार्न निर्देशन समेत दिएको छ ।
निर्वाचन आयोग र यसका प्रमुख पदाधिकारीको विरुद्धमा आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई स्थानीय तह निर्वाचन, २०७९ को निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाउनु पर्नाको कारण खुलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #धनराज आचार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्