५ करोड बराबरको सरकारी जग्गा बेच्न खोज्ने दुई जना पक्राउ
काठमाडौं । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशव प्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् । उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी जग्गालाई सम्बन्धित जग्गा धनीसँग अनुमती नलिई अनुमति लिएका छौं भनी झुक्याई ५ करोड २० लाख रूपैयाँ बैना लिई ठगी गरेका थिए ।
आफु ठगिएको भन्दै खोटाङ बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनिराम राई समेतले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवै भक्तपुर मालपोत कार्यालयको गेटबाट पक्राउ गरेको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्