मानवअधिकार आयोगको स्वतन्त्रतालाई आँच आउन नदिन सरकार प्रतिबद्ध छ: गृहमन्त्री
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारले दण्डहीनताको अन्त्य र मानव अधिकार उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको २२ औँ वार्षिक उत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री खाणले मानवअधिकार सम्बन्धी पेरिस सिद्धान्त अनुरूप मानवअधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले द्वन्दकालिन घटनाका पीडितको न्याय प्राप्तिमा सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै सङ्क्रमणकालीन संयन्त्र मार्फत चाँडै पीडितलाई न्यायको अनुभूति हुने गरी निष्कर्षमा पुर्याइने बताउनुभयो ।
गृहमन्त्री खाणले नागरिक तथा राजनीतिक अधिकारको संरक्षण र सम्मानका लागि सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने सरकारका सबै प्रकारका अङ्गहरू प्रतिबद्ध रहेका कारण मानवअधिकार उल्लङ्घनका घटनाहरू न्यून हुँदै गएको बताउनुभयो ।
उहाँले मानवअधिकार आयोगले गरेका सिफारिसहरूको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै यस कार्यका लागि सरकारले कार्यदल समेत बनाइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार रक्षकहरूको सुरक्षा ऐन निर्माण र सञ्जालीकरणका लागि यसै वर्ष सातै प्रदेशमा मानवअधिकार रक्षकहरूको प्रादेशिक सम्मेलन सम्पन्न भएको समेत जानकारी दिनुभयो ।
उहाँले मानवअधिकारको संरक्षण, संवर्द्धन तथा यसको प्रभावकारी कार्यान्वयनको प्रभावकारी सुनिश्चितता गर्न आयोग क्रियाशील रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बालकृष्ण खाँण, #मानवअधिकार आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्