Techie IT
शनिबार, असोज १७,२०८३

रेनु दाहाल चढेको गाडी दुर्घटना, अस्पताल भर्ना


काठमाडौँ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल अस्पताल भर्ना भएकी छन्।

दुर्घटनामा घाइते भएकी दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

दाहाल चढेको गाडी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो।

टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दाहालको टाउकोमा चोट लागेको छ। अवस्था भने खतरामुक्त रहेको जनाइएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #रेनु दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्