तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण र उपमेयरमा एमालेकी जागेश्वरीदेवी विजयी
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका मोहन चापागाईँलाई ७६५ मतान्तरले पराजित गर्दै तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको हो ।
खाँणले २४ हजार ३९६ मत ल्याएर नगर प्रमुखमा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चापागाईँले २३ हजार ६३१ मत प्राप्त गर्नुभयो । खाँण नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापतिसमेत हुनुहुन्छ भने उहाँ गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुनुहुन्छ ।
तिलोत्तमाको उपमेयरमा भने फराकिलो मतान्तरसहित नेकपा एमालेकी जागेश्वरीदेवी चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार ८६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गर्नुभयो । २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर दुवै एमाले विजयी भएको थियो । कुल १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा कांग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जित हासिल गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जागेश्वरीदेवी चौधरी, #तिलोत्तमा नगरपालिका, #रामकृष्ण खाँण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्