तिलोत्तमा नगरपालिकामा काँग्रेसका रामकृष्ण खाण विजयी
रुपन्देही । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।
जिल्लाका १६ पालिकामध्ये पछिल्लो पटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका रामकृष्ण खाण विजयी हुनुभएको छ । उहाँले २४ हजार ३९६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मोहन चापागाईँले २३ हजार ६३१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले २३ हजार ८६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाका १७ वडामध्ये कांग्रेस नौ मा र एमाले आठ वडामा विजयी भएको छ । नवनिर्वाचित प्रमुख खाणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारसँग कुराकानी गर्दै उहाँले सबैलाई मिलाएर काम गर्ने बताउनुभयो ।
रुपन्देहीमा काँग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित हासिल गरेको छ । एमालेले देवदह नगरपालिकामा जित हासिल गरेको छ ।
यस्तै जिल्लाका १० गाउँपालिकामध्ये काँग्रेसले शुद्धोधन, कञ्चन, मायादेवी र सम्मरीमाई गाउँपालिकामा जित हासिल गरेको छ । एमालेले गैडहवा र ओमसतिया गाउँपालिकामा जित हासिल गरेको छ । कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, मर्चवारीमा जनता प्रगतिशील पार्टी र रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #तिलोत्तमा नगरपालिका, #रामकृष्ण खाण विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्