गृहमन्त्री खांणको वडामा एमालेको प्यानलै विजयी
रूपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणको वडामा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ मा एमालेको प्यानल विजयी भएको हो । यो नगरपालिका मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार रामकृष्ण खांण समेतको उक्त वडामा नेकपा एमालेले क्लिन स्वीप गरेको हो।
तिलोत्तमा नगरपालिकाको वडा नं ८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल १ सय ८९ मतान्तरका साथ विजयी भएका छन्।
पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाअध्यक्ष निर्वाचित भएका थिए।
३ हजार ४ सय ६८ मत खसेको उक्त वडाको वडाअध्यक्षमा नेकपा एमालेको प्यानलै बिजयी भएको छ। वडाअध्यक्षमा नेकपा एमालेका कृष्ण प्रसाद पौडेलले १ हजार ६१५ मत पाएर बिजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केशवराज अर्यालले १ हजार ४२६ मत पाए।
त्यसैगरी नेकपा एमालेका उम्मेदवारहरु महिला सदस्य कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुमबहादुर खासु विजयी भएका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #तिलोत्तमा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्