राष्ट्रियसभामा नीति कार्यक्रमाथिको छलफल जारी
काठमाडौँ । राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ ।
आजको बैठकमा राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिकरुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औँल्याउनुभयो । उहाँले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको निरन्तरता दिएकामा प्रशंसनीय गर्दै प्राङ्गारिक मल कारखाना स्थापना गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य कृष्णप्रसाद पौडेलले नीति कार्यक्रममा समयमै पुँजीगत खर्च गर्ने गरी ऐन बनाउने , गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र प्रदान गरी जीविकोपार्जन स्तरोन्नति गर्ने, पुँजीबजार आर्कषण बढाउने, बीमा रकमलाई स्वरोजगार र उत्पादनसँग जोड्ने लगायतका कार्यक्रम निकै राम्रा रहेको जनाउँदै कृषिमा आपूर्तिको ‘चेन’ बनाउन सुझावसमेत दिनुभयो ।
सदस्य दिलकुमारी रावल थापाले नीति तथा कार्यक्रमले जनतामा खास उत्साह ल्याउन नसकेको आरोप लगाउनुभयो । पुँजीगत खर्च किन हुन सकेन भन्दै उहाँले भ्रष्टाचारसँग जोडिएका सबै मुद्दामाथिको छानबिन अघि बढाउन सरकारसँग मागसमेत गर्नुभयो ।
सदस्य तारामान स्वाँरले कोभिडले थला पारेको अर्थतन्त्र तग्रिन नपाउँदै रुस–युक्रेन युद्धको असरले थप सङ्कटमा परेको बेला र चुनौती थपिएका समयमा नीति तथा कार्यक्रम वस्तुनिष्ठ र यथार्थपरक ढङ्गले आएको बताउनुभयो ।
उहाँले शान्तिप्रक्रियाका बाँकी काम यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी कार्यक्रम राख्न र रसायनियक मलको आपूर्तिको समस्या सधैँका लागि समाधान गर्न सुझाव दिनुभयो ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभा बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्