सुर्खेतमा डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट सम्पन्न
कर्णाली । कर्णाली प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल कर्णाली संवाद सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल कर्णाली संवाद सम्पन्न भएको हो ।
दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा १५ भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स शेयरिङ, मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम १५ सय बढीले अवलोकन गरेका छन् ।
फेस्टमा आफ्नो आइडिया प्रस्तुत गर्नेमध्येबाट इन्क्युवेसनका लागि ३ स्टार्टअप तथा आईडिया छनोट भएका छन् । फेस्टमा सुर्खेत सफ्ट प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ । इन्क्युबेसनका लागि सुर्खेत सफ्ट प्रालिसँगै कारटु र भर्मि कमपोष्ट तथा भर्मिकवास प्रोडक्टसन छनोटमा परेका छन् ।
त्यस्तै ३ बजेदेखि सुरू भएको डिजिटल कर्णाली संवादमा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरूको समेत उपस्थिति रहेको थियो ।
संवादमा आईटी तथा ई-गभर्नेन्स विज्ञ सुरेन्द्र यादव र मध्यपश्चिम विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर पञ्चदेव भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए । डिजिटल संवादमा कर्णाली प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश, #सुर्खेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्