काठमाडौं महानगरपालिकाको प्राप्त परिणाम अप्रत्याशित , अनुसन्धान जरुरी :केशव स्थापित
काठमाडौं, १२ जेठ । मेयर विद्यासुन्दर शाक्यपछि काठमाडौं महानगरपालिकाको बागडोर सम्हाल्ने अपेक्षाका साथ खडा गरिएका एमालेका उम्मेदवार केशव स्थापित पराजित भएका छन् ।
काठमाडौं महानगरकै पूर्वमेयर समेत रहिसकेका उनी स्वतन्त्र उम्मेदवार गायक बालेन्द्र साहसँग पराजित भएका हुन् । त्यसो त नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पनि बालेनले भारी मतान्तरका साथ पराजित गरेका छन् ।
काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उम्मेदवार स्थापितले आफूलाई प्राप्त परिणाम अप्रत्याशित भएको बताएका छन् । ‘यो नतिजा एकदमै अप्रत्याशित हो,’ उनले भने, ‘यस्तो परिणाम के कसरी आयो यसबारे अनुसन्धान जरुरी छ ।’
काठमाडौं महानगरपालिकाको अप्रत्याशित परिणामबारे आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केशव स्थापित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्