विश्व सम्पदा क्षेत्र भ्रमणगरि चिनियाँ पर्यटनमन्त्री स्वदेश फिर्ता
विश्व सम्पदा क्षेत्र तथा संग्रहालयहरुको भ्रमणगरि चिनियाँ पर्यटनमन्त्री स्वदेश फिर्ता
काठमाडौं । नेपाल भ्रमणका क्रममा गणतन्त्र चीनका संस्कृति तथा पर्यटनमन्त्री माननियलुओ सुगाङ्गले नेपालका विभिन्न विश्व सम्पदा क्षेत्र तथा संग्रहालयहरुको भ्रमण गरेका छन् । चिनियाँमन्त्री सुगाङ्ग सहितको टोलीले विश्व सम्पदाको सूचीमा रहेको हनुमानढोका दरवार स्क्वायर लगायतको भ्रमण गरेका हुन् ।
चिनियामन्त्री सुगाङ्ग सहितको टोलीमा नेपाल सरकार संस्कृतिपर्यटन तथानागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी,नारायणहिटी दरवार संग्रहालयमा संस्कृति सचिव कृष्ण प्रसाद देवकोटा, स्वयम्भु तथाबौद्धमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल,भक्तपुर दरवार स्क्वायर तथाकला संग्रहालयमा भक्तपुरका मेयर तथाउपमेयर, राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहालय प्रमुख जयरामश्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

विभिन्नविश्व सम्पदा क्षेत्र तथा संग्रहालयहरुको अवलोकन भ्रमणको अवसरमा नेपालचीन दौत्य सम्बन्ध, कला, परम्परा तथा संस्कृतिक स्थितिको रहेको र आगामी दिनमा पनि रहने अपेक्षा सहित नेपालका संग्रहालयहरुको उचितव्यवस्थापनकालागि सहयोग गर्ने गणतन्त्र चीनका संस्कृति तथापर्यटन मन्त्री माननियलुओ सुगाङ्गले बचन दिएका छन् ।
भ्रमणको क्रममाहनुमान ढोका दरवार स्क्वायरमा चीन सरकारको लगानीवाट संरक्षण कार्य भैरहेको भवनको समेत अवलोकन गरेका थिए । विश्व सम्पदा क्षेत्र तथा संग्रहालयहरुको भ्रमण गरेकाचिनियामन्त्रीविहिवार राती स्वदेश फिर्ता भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चिनियाँ पर्यटनमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्