स्थानीय तह निर्वाचनः कुन दलको कति मत आयो ? (सूचीसहित)
काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय तहको नेतृत्वमा सबैभन्दा धेरै नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
पालिका प्रमुखको सिटमा दोस्रो स्थान हासिल गरेको नेकपा (एमाले)को मत भने बढेको छ ।
हालसम्मको मतगणनाको परिणामअनुसार कांग्रेसले एमाले भन्दा झण्डै एक लाख मत कम ल्याएको हो ।
एमालेविरुद्ध बनेको सत्तारुढ पाँच दलीय गठबन्धनको प्रमुख घटक कांग्रेसले पालिका प्रमुखमा एमाले भन्दा १ सय २२ सिट बढी जितेको छ भने उपप्रमुखमा ६४ सिट बढी जितेको छ ।
यद्यपि जम्मा प्राप्त मतमा भने एमाले नै अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार यसपटकको चुनावमा एमालेले ३८ लाख १ हजार ३ सय ४७ मत पाएको छ । यस्तै कांग्रेसले ३७ लाख २४ हजार ८ सय ९ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १३ लाख ३७ हजार १ सय ६३ मत पाएको छ ।
यसअनुसार यसपटक पनि एमालेले कांग्रेसभन्दा ७६ हजार ५ सय ३८ भोट बढी ल्याएको छ भने माओवादी भन्दा एमालेको २४ लाख ६४ हजार १ सय ८४ भोट बढी आएको छ । यसपटकको चुनावमा एमालेले गत २०७४ सालको संसदीय निर्वाचनमा भन्दा ६ लाख २७ हजार ८ सय ५३ भोट बढाएको छ ।
त्यस्तै कांग्रेसले ५ लाख ९६ हजार ४ सय २० भोट र माओवादीले ३३ हजार ४ सय ४२ भोट बढाएको छ । गत निर्वाचनयता भोट बढाउनेमा पनि एमाले नै पहिलो बनेको हो ।
त्यस्तै एमालेबाट अलग भई बनेको नेकपा एकीकृत समाजवादीले ४ लाख ३७ हजार ८ सय ३५ मत पाएको छ । त्यस्तै जनता समाजवादी पार्टीले ५ लाख ५२ हजार ५ सय ८५ मत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ लाख २६ हजार ८ सय ६७ मत पाएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ४२ हजार ७ सय ८२ मत पाएको छ ।
कस्को कति भोट ?
एमालेः ३८,०१,३४७
कांग्रेसः ३७,२४,८०९
माओवादीः १३,३७,१६३
जसपाः ५,५२,५८५
नेकपा एसः ४,३७,८३५
राप्रपाः ३,४२,७८२
लोसपाः २,२६,८६७
यो तथ्यांकले पपुलर मतमा एमाले घटेको होइन, बढेको देखिन्छ । एमालेले २०७४ सालमा समानुपातिकतर्फ प्राप्त मत ३१ लाख ७३ हजार ४ सय ९४ थियो । यसरी हेर्दा एमालेको मत २०७४ सालको प्रतिनिधिसभाको तुलनामा ६ लाख १३ हजार १ सय ५६ मत बढेको देखिन्छ । २०७४ को प्रतिनिधिसभामा एमालेले प्राप्त गरेको समानुपातिक मतको तुलनामा यो १९.३२ प्रतिशतले बढी हो ।
प्रतिनिधिसभाको २०७४ सालको निर्वाचनको भन्दा अहिले १५.९ प्रतिशतले मतदाता बढेका छन् । निर्वाचन आयोगको ‘निर्वाचन परिणाम पुस्तक २०७४’ को तथ्यांकअनुसार प्रतिनिधिसभा निर्वाचन २०७४ मा मतदान गर्न योग्य मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३८ रहेको थियो । सो निर्वाचनमा ६८.६७ प्रतिशत अर्थात् १ करोड ५ लाख ९३ हजार ९ सय ७१ मत खसेको थियो ।
वैशाख ३० गतेको स्थानीय निर्वाचनमा मतदान गर्न योग्य मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ रहेको थियो । जसमध्ये यो निर्वाचनमा जम्मा ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
दुई निर्वाचनमा खसेको मतको तुलना गर्दा एमालेको मत भने १९.३२ प्रतिशतले बढेको छ । यसमा खसेको मतको वृद्धिदर ७.१३ प्रतिशत घटाउँदा एमालेको मत १२.१९ प्रतिशतले वृद्धि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking, #नेपाली कांग्रेस, #माओवादी, #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्