रौतहटको गरुडामा मेयरमा एमाले उपमेयरमा काँग्रेस विजयी
काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा कडा प्रतिस्पर्धाका बीच एमालेका मेयरको उम्मेदवारको विजय भएका छन् ।
गरुडा नगरपालिकामा एमालेका उम्मेदवार कन्थमनी प्रसाद कलवार मात्र ३८ मतको अन्तरले निर्वाचित भएका छन् । उनले कुल ४ हजार ५६३ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन । उनको निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार वृजकिशोर यादवले कुल ४ हजार ५२५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरी निर्वाचित भएकी छिन् । चौधरी कुल ६ हजार ७०३ मत प्राप्त गरेर उपमेयरमा विजयी भइन् भने उनको निकटतम प्रतिस्पर्धी जसपाकी बिन्दु देवीले ४ हजार ४ ७७ मत प्राप्त गरिन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #गरुडा नगरपालिका, #रौतहट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्