तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी
दाङ । सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।
प्रमुखमा टीकाराम खड्का ३ हजार ६९१ मतान्तरले विजयी हुनु भएको छ । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरेका छन् भने उहाँका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत प्राप्त गर्नु भएको छ ।
उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५३२ मतान्तरका साथ विजयी हुनु भएको छ । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गर्नु भयो ।
एमालेले तुलसीपुरमा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडा जितेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादी केन्द्रले १, ४ र १२ नम्बर वडा जितेको छ । १६ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
तुलसीपुरको मतपरिणाम आएसँगै जिल्लाको निर्वाचन सकिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको छ । कांग्रेसले लमही नगरपालिकाका साथै बबई, दंगिशरण, शान्तिनगर र राजपुर गाउँपालिका प्रमुख र उपप्रमुख जितेको छ ।
माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले बंगलाचुली र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टीकाराम खड्का, #तुलसीपुर उपमहानगरपालिका, #स्यानी चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्