गठबन्धनलाई हराउँदै चार महानगरको उपप्रमुखमा एमालेको सानदार जित
काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनबीच पनि ६ मध्ये चार महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)ले सानदार विजय हासिल गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवारहरु निर्वाचित भएका हुन् ।
हालसम्म काठमाडौं महानगरपालिकाबाहेक पाँच वटै महानगरको परिणाम आइसकेको छ ।
काठमाडौंमा पनि मेयर बालेन साह र उपमेयर एमालेकी सुनिता डंगोल गणना बाँकी छँदै बिजयी भइसकेको अवस्था छ ।
विराटनगरको उपमेयरमा एमालेकी शिल्पा निराला कार्की बिजयी भएकी छन् । उनले गठबन्धनबाट जसपाका अमरेन्द्र यादवलाई ११ हजार ४ सय ६१ मतान्तरले पराजित गरेकी हुन् । शिल्पाले २५ हजार ६ सय ८० मतका साथ बिजयी हुँदा गठबन्धनका यादवले १४ हजार २ सय १९ मत पाएका छन् ।
त्यस्तै, ललितपुर महानगरको उपप्रमुखमा पनि एमालेकी मञ्जली शाक्य बज्राचार्य उपमेयरमा निर्वाचित भएकी छन् ।
शाक्यले गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३ सय ३२ मतको अन्तरले हराएका हुन् ।
अन्तिम परिणामअनुसार एमाले उम्मेदवार मञ्जलीले २५ हजार ८४ मत पाएकी छन् भने गठबन्धनबाट बाबुराजले १८ हजार ७ सय ५२ मत पाएका छन् ।
त्यस्तै, पोखरा महानगरपालिकाको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ भारी मतान्तरमा उपमेयरमा बिजयी भएकी छन् ।
उनले गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मत अन्त्रमा पराजित गरेकी हुन् ।
एमाले उम्मेदवार गुरुङ ६० हजार ५ सय ४६ मतका साथ बिजयी बन्दा गठबन्धनकी रानाभाटले ५६ हजार ६ सय ६३ मत पाइन् ।
काठमाडौं महानगरमा एमाले उम्मेदवार सुनिता डंगोल सवैभन्दा फराकिलो अन्तरमा बिजयी बन्ने इतिहासि रचेकी छन् ।
उनी अहिले ४० हजार बढी मतान्तरले अग्रस्थानमा छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्