काठमाडौं महानगरको मेयरमा वालेन्द्र साहको जित निश्चित
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा रहँदा स्थापित ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
बालेनले स्थापितभन्दा २१ हजार १ सय २१ बढी मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंहभन्दा उनले २० हजार ३ सय ७६ मत बढी ल्याएका छन् । काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याएकी छिन् । डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत ल्याएका छन् ।
यस पटकको स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित केही पालिका प्रमुख र वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी हुने अवस्था आएको छ । धरानमा हर्कराज साम्पाङ राई, धनगढीमा गोपाल हमाल र जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #वालेन्द्र साह (बालेन)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्