Techie IT
शनिबार, कात्तिक ८,२०८३

काठमाडौंका २७ वटा वडाको मतगणना सकियो, माओवादी सबैमा ‘निल’


काठमाडौं ।  काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ ।

काठमाडौँ महानगरपालिकाको कुनैपनि वडामा हालसम्म नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित निकाल्न सकेका छैनन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार अहिले काठमाडौँ महानगरको वडा नं १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना भइरहेको छ । यी पाँच वर्ट वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ ।

हालसम्म मतगणना सम्पन्न भएका काठमाडौँ महानगरका वडाहरूमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ रहेका छन् । मतगणना सम्पन्न भएका वडाहरूमध्ये ६, ७, ८, ९, १०, ११, १२, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० को वडा अध्यक्ष कांग्रेसका उम्मेदवारले जितेका छन् ।

काठमाडौँ महानगरको वडा नं.१, २, ३, ४, ५, १८, २१, २२, २३, ३१ र ३२ को वडा अध्यक्षम एमालेका उम्मेदवार विजयी बनेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्