पोखराको मेयरमा नेकपा एसका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरूङ विजयी भएका छन् ।
मेयर निर्वाचित आचार्यका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गरेका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाएका छन् । एकीकृत समाजवादीका आचार्य पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनेका थिए ।
यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतका साथ विजयी बनेकी छिन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८८३ मत बढी प्राप्त गरेर जित हासिल गरेकी हुन् ।
यसैबीच मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएपछि एमालेका उम्मेदवार कृष्ण थापाले आचार्यलाई पहिलो माला लगाइदिएर शुभकामना व्यक्त गरेका छन् । मेयरमा पराजित थापाले उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै उनको प्रशंसा हुन थालेको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #धनराज आचार्य, #पोखरा महानगरपालिका, #मञ्जु गुरूङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्