ल्छी–त्रिशूली–रसुवागढी सडक योजनाअन्तर्गत प्रभावित स्थानीयवासी द्वारा सङ्घर्ष समिति गठन
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् ।
योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भएकाले प्रभावितहरूले बुधबार लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम तय गरेका हुन् । कात्तिक १३ गते पिपलटारका बासिन्दाले उक्तयोजनाका ठेकेदारले पिपलटार क्षेत्रमा कालोपत्र गर्न लाग्दा स्थानीयवासीले अवरोध गर्दै मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेकामा स्थानीय प्रशासनले सशस्त्र प्रहरी बल परिचालन गरेपछि प्रभावितले सो समिति गठन गरेको संयोजक न्यौपानेले बताउनुभयो ।
देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको उनीहरूको भनाइ थियो । पछिल्लो समय मुआब्जा नदिने कुरा आएपछि सङ्घर्षको तयारी गरिएको सहसंयोजक गीता अमात्यले बताउनुभयो । “मुआब्जा दिने भन्दै सडक विस्तार गरेकामा अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने, कोहीलाई नदिने । यो विभेद गर्न पाइँदैन”, संयोजक न्यौपानेले भन्नुभयो ।
विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका अधिकारीले अनौपचारिकरूपमा जानकारी दिएकाले स्थानीयवासीले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका हुन् । अहिलेको आयोजनामा कतै मुआब्जा दिने कतै नदिँदा अन्याय हुने सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठले बताउनुभयो । उक्त योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार–ढुङ्गे सडकको मुआब्जा दिने नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिनुभयो ।
आयोजनाको देविघाट–गल्छी खण्डका एक हजार ४८१ रोपनी जग्गाको प्रतिआना रु दुई लाख ५० हजारदेखि तीन लाख २५ हजारसम्मका दरले मुआब्जा वितरण शुरु भएको छ । पृथ्वी राजमार्गको गल्छीदेखि रसुवागढी नाकासम्मको ८२ किमी सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किमी सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिशूली–रसुवागढी सडक योजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्