साउथवेष्टन स्टेट कलेजमा दुइदिने एचआर कार्निभल आयाेजना हुने
काठमाडौं। साउथवेष्टन स्टेट कलेज र साउथवेष्टन स्टेट कलेजका भुतपुर्व विद्यार्थीहरुको संगठन सेसनले दुइदिने एचआर कार्निभलको आयोजना गर्ने भएको छ ।
आगामी १४ र २० जेठमा गरि दुई चरणमा आयोजना हुने सो कार्यक्रम काठमाडौको बसुन्धरास्थित साउथवेष्टनस्टेट कलेजको प्रांगणमा आयोजना हुनेछ ।
शैक्षिक योग्यता पुरा गरेपनि विद्यार्थीहरुमा रोजगारी र पेशा छनोट गर्दा विभिन्न समस्याहरु हुने गरेकोले सहभागीहरुलाई रोजगारी छनोट गर्न तथा आबद्ध हुनका निम्ति आवश्यक हुने आधारभुत पक्षमा सबल बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
आफ्नो योग्यता र रुचि अनुसारको पेशा छनोट, विभिन्न संस्थाबिचको सहकार्य, अन्तर्वाताको माध्यमबाट योग्य सहभागिलाइ रोजगारिको अवसर दिने गरि कार्यक्रमको संरचना तयार गरिएको छ । कार्यक्रममा सहजकर्ता तथा प्रमुख वक्ताको रुपमा प्रयास राजोपाध्याय, समय खड्का र अनिल उपाध्ययाय उपस्थित हुनेछन ।
कार्यक्रम सम्बन्धि जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै सेसनकि अध्यक्ष मेधाविनी ढकालले यस कार्यक्रमबाट सम्पुर्ण सहभागिले आँफु योग्य रहेको क्षेत्र, पेशा तथा रोजगारी पहिल्याउन सक्ने तथा त्यसका निम्ति आँफुलाई तयार गर्न सक्ने गरि लाभान्वित हुने वताईन ।
आँफुलाइ सुहाउदो, आफू योग्य र सफल हुने पेशा छनोट हुन नसक्दा असफल हुनुपरेकोले यस किसिमको कार्यक्रम आवश्यक रहेको ढकालले वताईन । कार्यक्रममा सहभागीताका निम्ति सहभागीलाई प्रति व्यक्ति रुपैयाँ एक हजार शुल्क तोकिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्