७३० पालिकाको अन्तिम परिणाम सार्वजनिक: यस्तो छ परिणाम
काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ३० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
जसमध्ये नेपाली कांग्रेसले ३ सय २१, नेकपा एमालेले २ सय र नेकपा माओवादी केन्द्रले १ सय २० स्थानीय तहको प्रमुख पद जितेका छन्। जनता समाजवादी पार्टी जसपाले २९, नेकपा एकीकृत समाजवादीले १७, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १५, राप्रपा, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४र४ स्थानीय तह जित्दा १२ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
मतगणना चलिरहेका पाँच महानगरपालिका, २ उपमहानगरपालिकासहित २१ स्थानीय तहको नतिजा आउन बाँकी छ। तीमध्ये नेकपा एमाले ७, नेपाली कांग्रेस ४, माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी २ र अन्य उम्मेदवार ६ स्थानमा अगाडि छन्।
उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना सुरु भएको छैन्। कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि बुढीगंगा नगरपालिका ८ को मतदान स्थगित गरिएको थियो। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदानका क्रममा विवाद भएपछि मतदान स्थगित भएको थियो।
त्यसपछि कांग्रेस र एमालेले अहिलेकै अवस्थामा मतगणना गर्नुपर्ने र एकीकृत समाजवादी लगायतका दलले पुनः मतदानको माग गरेकाले मतगणना सुरु हुन नसकेको हो।
«
क्याटेगोरी : समाचार
ट्याग : #७३० पालिकाको अन्तिम परिणाम, #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्